सल्यानको कपुरकोटमा फेला परेको ग्रिनेड (बम) नेपाली सेनाले डिस्पोज गरेको छ। कपुरकोट गाउँपालिका– ४ किमिचौरस्थित रिपिटर टावरनजिकै ग्रिनेड फेला परेको थियो।
झाडी सरसफाइ गर्ने क्रममा स्थानीयले ग्रिनेड देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको ग्रिनेड नेपाली सेनाको बम डिस्पोजल टोलीले बुधबार बिहान डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
द्वन्द्वकालमा आर्मीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरको सुरक्षा गर्दै आइरहेको थियो। साेही क्रममा उक्त ग्रिनेड छुटेको हुन सक्ने अनुमान गरिएको छ। ग्रिनेडमा खिया लागिसकेकाले यस्तो अनुमान गरिएको बस्नेतले बताए।