इतिहासमा आज

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

सन् १६६८ :  फ्रेन्च राजा लुई चौधौँ र होली रोमन साम्राज्यका सम्राट् लियोपोल्ट प्रथमबिच एक गोप्य सन्धिमा हस्ताक्षर । सन्धिमा स्पेनिस साम्राज्यका राजा चाल्र्स द्वितीयको निधनमा उनका कुनै उत्तराधिकारी नभएको अवस्थामा सो राज्यलाई विभाजन गरेर बाँड्ने सहमति थियो ।

सन् १९१८ :  रुसमा अक्टोबर क्रान्तिपछि नोभेम्बर २५ बाट निर्वाचित संविधानसभा अघिल्लो दिनबाट सुरु भएको पहिलो बैठक लगातार १३ घण्टा बसेपछि भंग ।

सन् १९१९ :  जर्मनीमा संविधान लेखनका लागि संविधानसभाको चुनाव सम्पन्न ।

सन् १९४२ :  दोस्रो विश्वयुद्धका क्रममा जापानी फौजले बर्मा कब्जा गर्यो ।

सन् १९६६ :  इन्दिरा गान्धी भारतको चौथो प्रधानमन्त्रीका रूपमा चुनिइन् ।

सन् १९७७ :  इतिहासमा पहिलोपटक न्यानो मानिने अमेरिकाको मायामी सहरमा हिउँ पर्यो ।

सन् १९८१ :  अमेरिका र इरानबिच भएको एक सहमतिअनुरूप ५२ अमेरिकी बन्दी रिहा भए ।

सन् १९९३ :  इजरायलले प्यालेस्टिनी स्वतन्त्रताका लागि लडिरहेको प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसनलाई आपराधिक संगठनको सूचीबाट हटायो ।

सन् २०२३ :  घट्दो लोकप्रियता–माझ न्युजिल्यान्डकी तत्कालीन प्रधानमन्त्री जेसिन्डा आर्डेनले पद त्याग्ने घोषणा गरिन् ।
 

सुझावित समाचार