घरजग्गा व्यवसायमा हदबन्दी छुट, यस्तो छ भूमिसम्बन्धी विवादास्पद अध्यादेश

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ। सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज ऐन र वन ऐनका केही प्रावधानलाई संशोधन गरिएको छ ।

अध्यादेशमार्फत घरजग्गा कारोबारमा हदबन्दी छुटको व्यवस्था दिइएको छ । यो प्रावधान दुरुपयोग हुन सक्ने भएकाले नीतिगत भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, लामो समयदेखि जग्गा उपभोग गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सोही जग्गा उपलब्ध गराउने विवादास्पद प्रावधान पनि छ ।

सरकारले गत साता नै यो अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि भन्दै केही दिन रोकेका थिए। सो अध्यादेश बुधबार जारी भएको हो । 

सुझावित समाचार