इतिहासमा आज

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

सन् १७०६ : अमेरिकी राजनेता, कूटनीतिज्ञ, वैज्ञानिक तथा लेखक बेन्जामिन फ्य्रांकलिन आजकै दिन जन्मिएका थिए । 

सन् १७७३ : क्याप्टेन जेम्स कुक अन्टार्कटिका वृत्त (६६ डिग्री ३३ सेकेन्ड दक्षिण) पार गर्ने पहिलो व्यक्ति बने । 

सन् १८५२ : बेलायतले ‘स्यान्ड रिभर सम्मेलन’मा दक्षिण अफ्रिकी भेगमा अवस्थित टान्सभालको स्वतन्त्रता स्वीकार गर्यो । पछि त्यहाँ ठुलो परिमाणमा सुन तथा हिरा पत्ता लागेपछि सुरु भएको ‘दोस्रो बोअर युद्ध’पछि सन् १९०२ मा यस क्षेत्रलाई बेलायतले पुनः कब्जा गर्यो । आठ वर्षपछि दक्षिण अफ्रिका संघ गठन हुँदा ट्रान्सभाल त्यसको प्रान्त बनाइयो । 

सन् १८७१ : अमेरिकी अन्वेषक एन्ड्रयु स्मिथ सालिडाईले विश्वको पहिलो केबल कार प्रविधिको प्याटेन्ट हासिल गरे । उनकै प्रविधि प्रयोग गरेर दुई वर्षपछि सान फ्रान्सिस्कोमा केबलकार सेवा सुरु भयो । 

सन् १९४१ : दोस्रो विश्वयुद्धको क्रममा जापानविरुद्ध लड्न मोर्चाबन्दी गरेका चीनका कम्युनिस्ट र राष्ट्रवादी मोर्चाबिच युद्ध भड्किएपछि राष्ट्रपपति च्याङ काई–सेकले कम्युनिस्टहरू सम्मिलित ‘नव चौथो सेना’ भंग गरे । यो घटनाले कम्युनिस्ट र राष्ट्रवादी शक्तिबिचको सहकार्य अन्त्य भएर गृहयुद्धको जग बसायो । 

सन् १९४२ : विश्व चर्चित बक्सिङ खेलाडी तथा अश्वेत अधिकार अभियन्ता मुहम्मद अली आजकै दिन जन्मिएका थिए । 

सन् १९४५ : सोभियत सेना पोल्यान्ड पसेपछि प्रतिरक्षात्मक स्थितिमा पुगेका नाजीहरूले कुख्यात ओसबिच कन्सनट्रेसन क्याम्पमा जिउँदा बाँकी बन्धक अन्यत्र सार्न थाले । 

सन् १९४६ : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को पहिलो बैठक बेलायतको वेस्टमिनिस्टरस्थित केन्द्रीय हलमा बस्यो । 

सन् १९६१ : अमेरिकी राष्ट्रपति ड्विट डी आइजनहावरले उनको कार्यकाल सकिनु तीन दिनअघि आजकै दिन विदाई सम्बोधन गरे । सो सम्बोधन ‘सैन्य–औद्योगिक संयन्त्र’को बढ्दो शक्तिले अमेरिकी प्रजातन्त्रमा निम्त्याउने खतराबारे उनको चेतावनीका लागि चर्चित छ । 

सन् १९८१ : फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोले नौ वर्षअघि आफैँले लगाएको सैन्य कानुन अन्त्य गरे । 

सन् २०१७ : अमेरिकी राष्ट्रपति बाराक ओबामाले विकिलिक्सलाई अमेरिकी सेनाको गोप्य सूचना प्रदान गर्ने चेल्सी मानिङको जेल सजाय ३५ वर्षबाट सातमा घटाए । 

सुझावित समाचार