११ माघदेखि विराट एक्स्पो

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

उद्योग संगठन मोरङले आगामी ११ देखि २० माघसम्म विराट एक्स्पो आयोजना गर्ने जनाएको छ । उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदानका साथै उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न सघाउ पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको आयोजकले जनाएको छ । 

‘युवा पलायन वर्तमान समयमा सर्वत्र चासो र चिन्ताको विषय भइरहेको अवस्थामा युवालाई स्वदेशमा नै काम गर्न सक्ने वातावरण तयार गर्न फाउन्डेसनबाटै काम गर्नुपर्छ भन्ने मान्यताका साथ यसपटक आठौँ संस्करणको विराट एक्स्पोलाई त्यस प्लेटफर्मका रूपमा प्रयोग गरिनेछ,’ आयोजकले विज्ञप्तिमार्फत भनेको छ । एक्स्पोमा दुई सय ६८ स्टल रहनेछन् ।

सुझावित समाचार