आज ६ संसदीय समितिको बैठक बस्दै

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

आज संघीय संसद्का ६ संसदीय समितिका बैठक बस्दै छन् । आज प्रतिनिधिसभाअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिका बैठक बस्दै छन् । त्यस्तै राष्ट्रिय सभाअन्तर्गत विधयन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छन्।

बिहान ११ बजे बस्नेअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. ०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिबारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, बिहान ११:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशाेधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने तालिका रहेको छ । त्यसैगरी, बिहान ११:३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी, अपराह्न ३ बजे बस्ने विधायन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफाबार छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै, बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
   

सुझावित समाचार