संसद्को पूर्वाधार विकास समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण
संसद्को पूर्वाधार विकास समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ। मंगलबार बसेको समितिको बैठकले क्यालेन्डर बनाउन पाँच सदस्यीय उपसमिति गठन गरेको हो।

समितिमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए।

समितिका अन्य सदस्यले पनि सहमति जनाएपछि दलीय आधारमा उपसमिति बनाइएको हो।

उपसमितिमा कांग्रेसबाट दिनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट निशा डाँगी र राप्रपाबाट विना लामा सदस्य छन्। उपसमितिले पुस महिनाभरको क्यालेन्डर बनाउनेछ।

सुझावित समाचार