राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार (पुस १९ र २०) काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस्तै, अहिले मुलुकमा कायम ब्रह्मलुट र मनपरीतन्त्रको विकल्प आन्दोलन भएकाले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने उनको भनाइ छ । स्थानीय तहहरूको अधिवेशन, भ्रातृ संगठनहरूको क्रियाशीलताबारे पनि बैठकमा छलफल हुनेछ । राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस सधैँझैँ भव्यतापूर्वक मनाउने तयारी गरेको छ ।

सुझावित समाचार