गीतकार तामाङको ‘धेरै गर्व गर्‍यौँ हामीले’ गीत सार्वजनिक

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

गीतकार दिलकुमार तामाङको नयाँ गीत ‘धेरै गर्व गर्यौँ हामीले’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

निजामती सेवामा कार्यरत तामाङले आफ्नै युट्युब च्यानल दिल्स क्रियसनबाट शनिबार उक्त स्वदेश गीत सार्वजनिक गरेका हुन् । गायक राजेशपायल राई र नेपाल आइडलबाट उदाएकी गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतमा ख्यातिप्राप्त संगीतकार दीपक शर्माले संगीत भरेका छन् ।

गीतमार्फत तामाङले नेपालीहरू इतिहास र वीरताको गर्व र आत्मरतिमा असाध्यै रमाउने गरेका, तर वीरतापूर्ण इतिहासको जगमा देशको पहिचानलाई विश्वमञ्चमा अझै माथि उठाउन मिहिनेत र इमानको कमी रहेको सन्देश दिन खोजेको बताए ।

पाँचथरमा जन्मिएका गीतकार तामाङले यसअघि ‘पूर्वै पाँचथर’ बोलको गीत सार्वजनिक गरेका थिए । उनी हाल गृह मन्त्रालयका सूचना अधिकारीको रूपमा कार्यरत छन् ।

सुझावित समाचार