साताको पहिलो दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य घटेको हो ।
आज सुन प्रतितोला एक लाख ५० हवार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।