इतिहासमा आज

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

सन् १८३५ : अमेरिकी सरकार र आदिवासी समुदाय चेरोकीको राजनीतिक समूहबिच ‘ट्रिटी अफ न्यु इकोटा’मा हस्ताक्षर भयो । यस सम्झौताअनुरूप चेरोकी आदिवासी मिसिसिपी नदीपूर्वको उनीहरू बसोवास गरिरहेको भूमि अमेरिकी सरकारलाई छाड्न बाध्य भए ।

सन् १८४५ : टेक्सस २८औँ राज्यका रूपमा अमेरिकामा गाभियो ।

सन् १९०३ : भूमध्यसागर क्षेत्रवरपर रहेका एकीकृत फ्रेन्च उपनिवेश ‘फ्रेन्च इक्वेटोरियल अफ्रिका’लाई शासनको सहजताका लागि ग्याबोन, चाड र उबाङी–सारीमा विभाजित गरियो ।

सन् १९११ : मंगोलिया छिङ वंश शासित चिनियाँ साम्राज्यबाट स्वतन्त्र भयो ।

सन् १९२० : युगोस्लाभियाले देशको कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगायो ।

सन् १९५२ : कम आवाज सुन्ने व्यक्तिलाई सुन्न सघाउने ट्रान्जिस्टरयुक्त उपकरण पहिलोपटक व्यावसायिक बिक्रीमा राखियो ।

सन् १९८९ : चेकोस्लोभाकियाको कम्युनिस्ट शासन अन्त्यलगत्तै संघीय सभाले भ्याक्लाभ हाभेललाई देशको पहिलो राष्ट्रपतिका रूपमा चुन्यो ।

सन् २०१६ : अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशका कम्प्युटर प्रणाली ह्याक गरेको र सोही वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचन प्रभावित गर्ने प्रयास गरेको आरोपमा ३५ रुसी गुप्तचरलाई देशनिकाला गर्दै प्रतिबन्ध लगाए ।

सुझावित समाचार