सन् १९७९ : अफगानिस्तानमा प्रवेश गरेको दुई दिनपछि सोभियत सेना त्यहाँको राष्ट्रपति भवनमा प्रवेश गर्यो । तिनले सोभियत अतिक्रमणप्रति असहमत सत्तारुढ कम्युनिस्ट पार्टीका राष्ट्रपति हाफिजुल्ला अमिनलाई पक्राउपछि हत्या गरे । लगत्तै सोभियत पक्षधर नेता बब्रक कर्माल नयाँ राष्ट्रपति थपना गरिए ।
सन् ५३७ : पूर्वी रोमन साम्राज्यको राजधानी कन्स्ट्यानटिनोपल (हालको इस्तानबुल)मा बनाइएको ‘हागिया सोफिया’को निर्माण पूरा भयो ।
सन् १८३१ : चार्ल्स डार्बिनले बेलायतको प्लाइमाउथबाट ‘एचएमएस बिगल’ जहाजको यात्रा सुरु गरे । उनले सो जहाजमा गालापागोस टापुहरूको अध्ययन भ्रमण गरे, जुन उनको उद्विकासवादी सिद्धान्त विकासका लागि निकै महत्वपूर्ण साबित भयो ।
सन् १९४१ : जापानले ‘खुला सहर’ मनिलामाथि बमबारी गर्यो ।
सन् १९४५ : ह्यारी डेक्चर र जोन मेनार्ड किन्सको विचारअनुरूप विश्वका २९ देश अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) स्थापना गर्न सहमत भए ।
सन् २००७ : रावलपिन्डीमा भएको एक सभामा सहभागी पूर्वपाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टो सवार गाडीमा भएको आत्मघाती विस्फोटमा भुट्टोसहित २४ को ज्यान गयो ।