सूर्यदर्शन सहकारी ठगीमा एमालेकी पूर्वप्रदेश सभा सदस्य गुरुङको समेत संलग्नता

सोमबार, ८ पुष, २०८१
डिजिटल संस्करण

सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलन आरोपमा आइतबार अभियोग-पत्र दर्ता भएका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य पनि रहेकी छिन्। सहकारी स्थापना कालमा तत्कालीन तदर्थ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी मीना गुरुङ प्रतिवादीकाे रूपमा परेकी छिन्।

एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया उनी हाल फरार सूचीमा छिन्। उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ। ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी उनी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट पराजित भएकी थिइन्। प्रहरीले पक्राउ नगरी उनीविपरुद्ध मुद्दा दायर गरेपछि प्रश्न उठेको छ ।

यही सहकारीबाट एमालेका केन्द्रीय सदस्य राजीव पहारीले समेत १५ लाख लिएको देखिएपनि उलाई भने मुद्दामा साक्षी बनाएको छ। सहकारी ठगीमा मुछिएका सत्तापक्षका नेताहरुलाई प्रहरीले फरक मापदण्ड लगाएको भन्दै आलोचना भइरहेको छ। 

सुझावित समाचार