‘दु:खी आत्मा’को फर्स्टलुक सार्वजनिक

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्म ‘दुखी आत्मा’को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ।

विभिन्न तीन डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई सिंगल छन् भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न्। तेस्रो पोस्टरमा भने दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ।

फागुन २ गते रिलिज हुने फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने निर्माण पक्षको अपेक्षा छ। क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता पनि समेटिएका छन्।

आलोक शुक्लाले खिचेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन्। फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ।

सुझावित समाचार