काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजना गरेको सांगीतिक कार्यक्रम । सो अवसरमा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ, सुगम पोखरेल एन्ड द बाजागाजा, केहर लिम्बू एन्ड जोय ब्यान्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दीप विष्ट, चक्र बमसहितका कलाकारले आआफ्नो प्रस्तुति दिएका थिए । चर्चित कलाकारको प्रस्तुति हेर्न हजारौं उपस्थित भएका थिए ।
३ पुस १९९६ मा स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग काठमाडौं महानगरको इतिहास हो । २९ मंसिर ०५२ मा काठमाडौँ नगरलाई काठमाडौं महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ । महानगर प्रमुख बालेन्द्र साह बालेनले महानगरको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने सबैको कदरयोग्य भएको बताए ।
‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौंलाई काठमाडौं महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने, ‘संघीय राजधानी सहर भएकाले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्नयोग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु ।’