स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश पारित गरेको छ । बैंकको ३८औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।
बैंकको सञ्चालक समितिले गत आर्थिक वर्ष ०८०/८१ को सञ्चित नाफाबाट १९ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर गरी गरी कुल २५.५ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गरेको थियो, जसलाई बैंकले पारित गरेको हो ।
बैंकका अनुसार आर्थिक वर्ष २०२३/२४ मा ४.७ अर्ब रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकको करपछिको वास्तविक नाफा ३.३ अर्ब रुपैयाँ पुगेको छ । चालू आवमा बैंकको इक्विटीमा प्रतिफल (आरओई) १९ प्रतिशत र प्रतिसेयर आम्दानी ३४.७ रुपैयाँ रहेको छ ।
बैंककी अध्यक्ष जरिन दरुवालाले देशकै एक मात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा नेपालको आर्थिक विकासमा योगदान दिन पाएकामा खुसी व्यक्ति गरिन् । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।