अस्पतालका कर्मचारी झाको हत्या भएको भन्दै राजविराजमा प्रदर्शन

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

सप्तरीको राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालका कर्मचारी सुधीर झाको हत्या भएको भन्दै दोषीलाई कारबाहीको मागसहित प्रदर्शन भएको छ।

अगुवाहरूसहित स्थानीयले मंगलबार शवलाई लिएर नगर परिक्रमा गर्दै प्रदर्शन गरेका हुन्। गत आइतबार बिहान राजविराज नगरपालिका कार्यालयको छेउमै रहेको महेन्द्र क्लबको झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो‌।

शवको प्रकृतिअनुसार झाको हत्या भएको दाबी गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्। 

सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार शवको पोस्टमार्टमका लागि धरान पठाइएको छ। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।

सुझावित समाचार