सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण
सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

डोटीको बडिकेदार गाउँपालिकामा हिउँदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएको बस्ती । तस्बिर : चक्र मल्ल/रासस

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ। बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ।

हिमपात र वर्षाका कारण चिसो बढ्दा जनजीवन प्रभावित हुँदै गएको छ। दैनिक ज्याला–मजदुरी गर्नेहरूसहित बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको वेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएकाले खुसियाली छाएको हो।

सुझावित समाचार