इतिहासमा आज

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

सन् १७६६ : जर्ज वासिंटन दोस्रो कार्यकालयका लागि अमेरिकी राष्ट्रपति निर्वाचित भए । 

सन् १७६६ : विश्वको सबैभन्दा ठुलो लिलामी गृह क्रिस्टीले लन्डनस्थित संगठनको स्थायी कक्षबाट पहिलो बिक्री गर्यो । 

सन् १९२१ : ब्रिटिस साम्राज्यले आइरिस क्रान्तिकारी समूह सिन फेनसँग गरेको सम्झौताले आयरल्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दियो । योसँगै सशस्त्र आइरिस स्वतन्त्रता संग्राम टुंगियो । 

सन् १९३३ : अमेरिकाको संविधानको २१औँ संशोधनले देशमा पेयपदार्थमाथि लागू प्रतिबन्ध फुका गर्यो । 

सन् १९५५ : रोसा पार्कले डिसेम्बर १ मा सार्वजनिक बसभित्र अश्वेतहरू श्वेतहरूबाट अलग बस्नुपर्ने व्यवस्थाको विरोध गरेको पाँचौँ दिनमा अलबामा राज्यको मोन्टगोमेरीमा ऐतिहासिक बस बहिष्कार अभियन सुरु भयो । यही आन्दोलनको बलमा अमेरिकाको सर्वोच्च अदालतले सार्वजनिक वाहनमा अलग सिटको व्यवस्था गैरसंवैधानिक घोषणा गर्यो । 

सन् १९५७ : राष्ट्रपति सुकार्नोले इन्डोनेसियाभित्र रहेका सबै पूर्वऔपनिवेशिक शक्ति नेदरल्यान्डका सबै नागरिकलाई देश छाड्न निर्देशन दिए । 

सन् १९७८ : सोभियत संघ र अफगानस्तानबिच २० वर्षे मैत्री सम्झौतामा हस्ताक्षर भयो ।

सन् १९८३ : अन्तर्राष्ट्रिय एकीकृत पवर्ती विकास केन्द्र(इसिमोड) नेपालको काठमाडौंमा मुख्यालय रहने गरी स्थापना भयो । 

सन् २००६ : कमोडोर फ्य्रांक बैनिमारामाले फिजीको सरकार अपदस्थ गरे । 

सन् २०१८ : हुवावेकी वित्तीय अधिकृत मेङ वान्झाउ क्यानडामा पक्राउ परिन् । यसले क्यानडा र चीनबिच लामो कूटनीतिक तनाव सिर्जना गर्यो । 

सन् २०१९ : साउदी अरबको राज्य नियन्त्रित तेल कम्पनी साउदी अराम्कोले पहिलो सेयर जारीमा रेकर्ड स्तरको २५.६ अर्ब डलर उठाउन सफल भयो । साथै यो १७ खर्ब डलरको मूल्यसहित विश्वको सबैभन्दा मूल्यवान् कम्पनी पनि बन्यो । 

सुझावित समाचार