दक्षिण कोरियामा ६ घण्टा पनि टिकेन सैन्य कानुन

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

दक्षिण कोरियामा सैन्य कानुन लगाउने राष्ट्रपति युन सुक योलको निर्णय ६ घढ्टामै फिर्ता भएको छ । राज्यविरोधी शक्तिका कारण देशलाई खतरा बढेको भन्दै उनले मंगलबार राति करिब ११ बजे देशमा मार्सल लको घोषणा गरेका थिए । 

तनावबिच राती १ बजे बसेको संसद्ले मार्सल ल लागू गर्ने राष्ट्रपतिको निर्णयलाई अस्वीकार गरेको थियो भने विपक्षी दलहरूले सो निर्णयविरुद्ध नाराबाजी गरेका थिए । बिहान सवा ४ बजे उनले मार्सल ल घोषणालाई फिर्ता लिएका हुन् ।

विपक्षीको दबाब बढ्दै गएपछि राष्ट्रपति युनले सैन्य कानुन लगाएका हुन् । यो प्रकरणपछि उनको पद थप धरापमा परेको छ । उनका सहयोगीहरूले सामूहिक राजीनामाको तयारी गरेका छन् भने प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाले राष्ट्रपतिको राजीनामा माग गरेको छ । 

सुझावित समाचार