एडिबी–नेपाल सहकार्यका पाँच दशकबारे फोटो प्रदर्शनी

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारबिच सहकार्यको पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जासचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा मंगलबार प्रदर्शनीको उद्घाटन गरेका छन् ।

फोटो पत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी १८ देखि २४ मंसिरसम्म चल्नेछ । प्रदर्शनीमा नेपाल सरकार र एडिबीबिच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजक पक्षले जनाएको छ ।

एडिबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए । उनले न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा पुगेको बताए ।
 

सुझावित समाचार