एमाले संसदीय दल कोशीको प्रमुख सचेतकमा लिङथेप नियुक्त

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

एमाले कोशी संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङथेप नियुक्त भएका छन्। प्रमुख सचेतक रहेका रेवतीरमण भण्डारी कोशी सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएपछि लिङथेप संसदीय दलको प्रमुख सचेतक नियुक्त भएका हुन्।

संखुवासभाबाट प्रदेश सभामा निर्वाचित लिङथेपलाई एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार साँझ नै दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। प्रमुख सचेतक लिङथेप सांसद निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको प्रमुख थिए।

आन्तरिक मामिलामन्त्री रहेका एमालेका लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा मुछिएर राजीनामा दिन बाध्य भएपछि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री कार्कीले सोमबार साँझ सांसद रेवतीरमणलाई नियुक्त गरेका हुन्। भण्डारी संविधानसभा सदस्य तथा सुनसरीको २ (१)बाट निर्वाचित प्रदेश सांसद हुन्।

सुझावित समाचार