गायिका समीक्षा अधिकारीको स्वरमा लोक–आधुनिक गीत ‘एकैछिन छेवैमा बस’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । यो गीत सुमन ढकालको आधिकारिक युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।
सुमन ढकालकाे शब्द रहेकाे गीतमा गायिका अधिकारीको स्वर र राजेश श्रेष्ठको संगीत रहेको छ । भिडियोमा शिवजी क्षेत्री र रचना न्यौपानेको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन शिवजी क्षेत्रीले गरेका हुन् । नरेश ऐरले खिचेको भिडियोमा विनोद बमको सम्पादन रहेको छ । यस गीतका व्यवस्थापक सागर पराजुली रहेका छन् ।
गीतले आफ्ना प्रेमीप्रति गहिरो माया र आत्मीय भावना प्रस्तुत गरेको दाबी व्यवपस्थापक पराजुलीले गरेका छन् ।