दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ जुगुको मतगणना जारी छ । भर्खरै प्राप्त अहिलेसम्मकाे मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रकी निमलेकी शेर्पाले सबैभन्दा बढी ८०९ मत प्राप्त गरेकी छिन् ।
यस्तै, नेकपा एमालेकी उमा शेर्पा ४४७, नेपाली कांग्रेसकी पासदिकी तामाङ २४० र रास्वपाकी गोमा श्रेष्ठले १८ मत पाएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । वडा नम्वर १ मा ७९२ र वडा नम्बर २ मा ७७४ गरी कुल १ हजार ५६६ मत खसेको थियो ।