दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका कुँवर निर्वाचित

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार धनसिंह कुँवर निर्वाचित भएका छन्। स्थानीय तहको उपनिर्वाचनअन्तर्गत आइतबार सम्पन्न मतदानमा एकीकृत समाजवादीका मानसिंह बडाललाई १८ मतले पराजित गर्दै रुख चिह्नका कुँवर निर्वाचित भएका हुन्। कुँवरले ३७६ मत प्राप्त गरे भने बडालले ३५८ मत पाएका छन्। 

माओवादीका वीरसिंह कार्कीले ९८, स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरेका छन्।
 

सुझावित समाचार