स्थानीय तह उपनिर्वाचन : ५० प्रतिशत मत खस्यो

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

जारी स्थानीय तहको उपनिर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइसकेको छैन । उनका अनुसार स्थानीय तहको भन्दा पनि वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएको र उक्त विवरणका आधारमा अहिलेसम्म करिब ५० प्रतिशत मत खसेको पाइएको हो ।

निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठवटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडामा वडाध्यक्षको उपनिर्वाचन भइरहेको छ ।

सुझावित समाचार