अस्ट्रेलियामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुको अन्तर्य

ऐनको पालना नगर्ने कम्पनीले पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण

युवा अस्ट्रेलियालीहरू फोन छाडेर फुटबल, क्रिकेट मैदान, टेनिस र नेटबल कोर्ट, स्विमिङ पुलमा रमाएको देख्न चाहेको प्रधानमन्त्रीको भनाइ

अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्सजस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गरेका छन् । १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध गर्नेसम्बन्धी विधेयक बुधबार संसद्को तल्लो सदनबाट पारित भएको हो भने बिहीबार साँझ सिनेटले पारित गरेको हो । दुवै सदनबाट विधेक पारित भएसँगै अब कानुन बन्ने निश्चित छ । अर्को वर्षको सुरुमा हुने निर्वाचनमा पुनः विजयी हुने योजनामा रहेका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ नियमलाई उत्साहजनक रूपमा समर्थन गर्दै आएका छन् । सामाजिक सञ्जाल कम्पनीहरूले अब चाँडै युवा किशोरलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐनको पालना नगर्ने कम्पनीले पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

सामाजिक सञ्जाल कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । योसँगै अब ऐन–कानुनका रूपमा पारित हुने निश्चित भएको छ । मध्य–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् । अस्ट्रेलियाका अभिभावकलाई आफ्ना बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न आह्वान गरेका छन् । संसद्को मतदानअघि उनले सामाजिक सञ्जाललाई ‘सहकर्मी दबाबको मञ्च, चिन्ताको चालक, ठगीको वाहन र सबैभन्दा खराब, अनलाइन सिकारीहरूको उपकरण’का रूपमा चित्रण गरे । उनले युवा अस्ट्रेलियालीहरू फोन छाडेर फुटबल,  क्रिकेट मैदान, टेनिस र नेटबल कोर्ट, स्विमिङ पुलमा रमाएको देख्न चाहेको पनि बताए ।

पक्ष–विपक्षमा विभाजित 
अस्ट्रेलियाली समाज अहिले कानुनको पक्ष र विपक्षमा विभाजित भएको छ । कतिपयले त्यसलाई समर्थन गर्दै सरकारी कदमको स्वागत गरेका छन् भने आलोचकले सूचनाको हकसँग जोडेका छन् । कानुन पारित भए पनि सबै यसको समर्थनमा देखिँदैनन् । जस्तो, १२ वर्षीय एंग्स लिडोमजस्ता युवा अस्ट्रेलियाली किशोर नयाँ परिवर्तनप्रति असन्तुष्ट देखिन्छन् । ‘म सामाजिक सञ्जाल प्रयोगलाई निरन्तरता दिन चाहन्छु । तर, नयाँ कानुनले त्यसलाई परिवर्तन गर्न खोजेको छ, जुन कार्यान्वयन भएमा अनौठो महसुस हुनेछ,’ उनले भने । धेरैले परिवर्तन छल्ने उपाय खोज्ने प्रयास गर्ने सम्भावना छ ।

‘कानुनका कमजोर पक्ष खोज्ने मैले कुनै उपाय फेला पारुँला । मेरा साथी पनि कानुन छल्ने त्यस्तो खोजी गर्ने पक्षमा छन्,’ लाइडोमले भने । त्यस्तै, ११ वर्षीया एल्सी अर्किन्स्थलले विशेष गरी बेकिङ वा कलाको ट्युटोरियल हेर्न चाहने बालबालिकाका लागि सामाजिक सञ्जालको अझै महत्व रहेको बताइन् । ‘बालबालिका र किशोर–किशोरीले ती प्रविधि अन्वेषण गर्न सक्षम हुनुपर्छ । धेरै कुरा तपाईं पुस्तकहरूबाट मात्र सिक्न सक्नुहुन्न,’ उनले भनिन् ।

सैद्धान्तिक रूपमा अस्ट्रेलियाले पारित गरेको यो कानुन सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा संसारकै सबैभन्दा कडामध्ये एक हो । तर, हाल पारित विधेयकले समाजिक सञ्जालमाथिको प्रतिबन्ध कसरी लागू गरिनेछ भन्नेबारे लगभग कुनै विवरण प्रदान गरेको छैन । त्यसैले यसले विशेषज्ञमाझ यो केवल प्रतीकात्मक र लागू गर्न असम्भव कानुन हो कि भन्ने चिन्ता जगाएको छ । नियामकहरूद्वारा विवरण तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्नेछ ।

सरकारले केही कम्पनीहरूलाई छुट दिने सम्भावना छ  । ह्वाट्सएप र युट्युबजस्ता मनोरञ्जन स्कुलको कार्यमा सहयोगी हुने र अन्य कारणका लागि प्रयोग गर्नुपर्ने एप्सहरूमा भने सरकारले छुट दिने सम्भावना छ । सरकारले जारी गरेको डिजिटल परिचय पहिचानको उमेर प्रमाणीकरणका माध्यमका रूपमा प्रयोग गर्न सकिँदैन भनेर सुनिश्चित गर्न ढिलो संशोधन प्रस्तुत गरिएको थियो । सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बालबालिकालाई उनीहरूले अनलाइन हेरेका कुराबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउनुपर्ने पक्षमा छिन् । उनका अनुसार डिजिटल साक्षरता कार्यक्रम अवलम्बनमा फिनल्यान्डबाट सिक्न सकिन्छ । 

अन्य मुलुकहरूले यो विधेयकलाई नजिकबाट निगरानी गरिरहेका हुनेछन् । केहीले समान प्रतिबन्ध लागू गर्ने विचार गर्न सक्छन् । स्पेनदेखि अमेरिकी राज्य फ्लोरिडासम्मका कानुनवेत्ताहरूले युवा किशोरका लागि सामाजिक सञ्जाल प्रतिबन्ध प्रस्ताव गरेका छन् । तर, अहिलेसम्म कोही पनि अस्ट्रेलियाजत्तिको अगाडि गएका छैनन् । चीनले सन् २०२१ देखि किशोर–किशोरीको समाजिक सञ्जालमाथिको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकाले टिकटकको चिनियाँ संस्करण ‘डाउइन’ दैनिक ४० मिनेटभन्दा बढी समय चलाउन सक्दैनन् । चीनमा बालबालिकाको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ । 

– एएफपी
 

सुझावित समाचार