तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पताल निर्माण थालिएको ६ वर्षमा पनि पूरा भएको छैन। निर्माण कम्पनीसँग तीन वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
अस्पताल भवन पूरा नहुँदा बहिरङ र प्रसूति सेवा प्रभावित भएको छ। सहरी विकास मन्त्रालयबाट रु. ३१ करोड ६ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण सम्झौता भएको हो। तीनपटक म्याद थप गरिए पनि भवन अधुरै छ।
२०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए। सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ।