डडेल्धुराको परशुराम नगरपालिकामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको र नौजना घाइते भएकाे जनाएको छ।
दैजी–जोडबुडा सडकखण्डअन्तर्गत परशुराम–९, नौला भन्ने ठाउँमा लु १ ज ४५७९ नम्बरको जिप बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूलाई स्थानीय जोडबुडा अस्पताल पुर्याइएको छ। उक्त जिप कञ्चनपुरको दैजीबाट जोडबुडा जाँदै गरेको बुझिएको छ।