काठमाडौंमा माओवादी र नेकपा एसबिच तालमेल

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण

माओवादी र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल गरेका छन् ।

सहमतिअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरमा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ र काठमाडौं–१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्नेछ ।

माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबिच शनिबार चुनावी तालमेलबारे सहमति भएको छ ।
 

सुझावित समाचार