गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए।

उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्। उनको पार्थिव शरिर अस्पतालमै राखिएको छ । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।     

 

सुझावित समाचार