राजविराजमा साँझ साढे ६ बजेपछि महोत्सव सञ्चालन नगर्न निर्देशन

सोमबार, १९ कार्तिक, २०८१
डिजिटल संस्करण

सप्तरीको सदरमुकाम राजविराजमा जारी राजविराज महोत्सव साँझ साढे ६ बजेपछि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले महोत्सव साँझ साढे ६ बजेपछि बन्द गर्न निर्देशन जारी गर्दै सूचना जारी गरेको छ।

राति अबेरसम्म देउसी–भैलो खेल्दा होस् वा मनोरञ्जनात्मक कार्यक्रम गर्दा छरछिमेक र सार्वजनिक जीवनमा असर पर्ने भएकाले साढे ६  बजेसम्म मात्र उक्त कार्य गर्न–गराउन जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत सचेत गराएको हो।

कात्तिक १५ गतेदेखि जारी महोत्सव २५ गतेसम्म सञ्चालन हुनेछ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वदलीय बैठकको निर्णयअनुसार नै राजविराज महोत्सव साँझ साढे ६ बजेपछि बन्द गर्न भनिएको जानकारी दिए।

सुझावित समाचार