जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विज्ञान र प्रविधिको उपयोग गरी जीवनलाई सहज र सरल बनाउने काममा सरकार लागिपर्ने बताएका छन्।

युवा संघ नेपालले आइतबार आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा विज्ञसँगको संवादमा सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए।

‘विकासको तिर्खाबाट हामी ग्रस्त छौँ। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ। हामीले आर्टिफिसियल इन्टेलिजेन्सकाे सकारात्मक उपयोग गर्नुपर्छ। यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’

उनले आटिर्फिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए।

सुझावित समाचार