बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गकाे धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको खण्ड आज बुधबारदेखि राति पनि सञ्चालन हुने भएको छ।
यसअघि मर्मतका लागि भन्दै बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। सडक डिभिजन कार्यालय, भक्तपुरले बुधबार सूचना प्रकाशन गरी राजमार्गकाे धुलिखेल–भकुण्डेबेंसी खण्ड २४सै घन्टा सञ्चालन हुने जानकारी दिएको हो।
