सरकारकाे सयदिने उपलब्धि [पूर्णपाठसहित]

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण
सरकारकाे सयदिने उपलब्धि [पूर्णपाठसहित]

फाइल तस्बिर

सरकार गठनको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन्। गत साउन ६ गते संसदबाट विश्वासको मत लिँदै गर्दा प्रस्तुत गरेको पाँचवटा प्राथमिकताअनुसार नै सरकारले काम गरेको उनकाे भनाइ छ।

सिंहदरबारबाट प्रधानमन्त्रीले भने, ‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो। तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्। अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ।’

सरकारले गत असोज १० देखि १३ गते गएको बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

हेर्नुस् सम्बाेधनकाे पूर्णपाठ :

सुझावित समाचार