सचेतक र संसदीय समिति सभापतिहरूसँग सभामुखको छलफल जारी

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

विधेयक रहेका संसदीय समितिका सभापति र  प्रमुख  सचेतकहरूबिचको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत उपस्थित छन्।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले समिति सभापतिहरूसँग छलफल गरेका हुन्। अधिवेशन नभएको अवस्थामा माननीयहरू जिल्लाबाहिर हुने र समितिको कोरम पुर्याउनसमेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन्।

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दफावार छलफलका लागि विधेयक रहेका छन्।

सुझावित समाचार