सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पाएिका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि समिति बनाएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको हो । यसअघि ३० चैत ०८० मा पनि सरकारले मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो ।
तर, मानव अधिकार आयोगले विचाराधीन विधेयक पारित गर्नुपर्ने सर्तसहित समितिमा सदस्यको प्रतिनिधित्व नगराउँदा सिफारिस भएको थिएन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ३० साउनमा प्रतिनिधिसभा र ६ भदौमा राष्ट्रिय सभाबाट पारित भइसकेकाले सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।
दुवै आयोगका अध्यक्षसहित पाँच सदस्य सिफारिस हुनेछन् । यी आयोग ३१ असार ०७९ देखि पदाधिकारीविहीन छन् । दुवै आयोगको म्याद पदाधिकारीविहीन अवस्थामै पाँचौँपटक थप गरिएको छ ।