करेन्ट लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण

महोत्तरीको गौशाला नगरपालिका– ३ पचाइन टोलस्थित विनोद महतोको खेतबारीमा जंगली जनावर धपाउन लगाएको नांगाे तारमा प्रवाह गरिएको करेन्टको पासोमा परी एक बालिकाको मृत्यु भएको छ । सोही वडानिवासी बिहारी महतोकी १२ वर्षीया छोरी करिनाकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

यता करिनालाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा उनीसँगै खेततिर गइरहेकी १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको बताउँदै दुई बालिकाको गौशालास्थित निजी अस्पतालमा उपचार भइरहेको बताए । उनले खेतमा करेन्ट प्रवाह गरेका विनोदको खोजी कार्य भइरहेको जानकारी दिए । 
 

See More On

सुझावित समाचार