पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिबिचको झडपमा ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा पाँच बालबालिका र ६ महिला छन्।
गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सातजनाको मृत्यु भएको थियो। हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाका लागि दुई पक्षबिच युद्धविरामको लागि मध्यस्थता गर्ने काम गरिरहेका छन्।
खैबर–पख्तुनख्वाको कुर्रम क्षेत्रमा सुरक्षा बलले सात आतंककारीहरूलाई गोली हानेर मारेका थिए। मारिएका आतंककारीहरू सुरक्षाकर्मी र निर्दोष नागरिकहरूमाथि आक्रमणमा सक्रिय रूपमा संलग्न थिए।