बाढीपहिरोपीडितलाई एनसेल फाउन्डेसनले गर्‍यो राहत वितरण

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

हालैको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।फाउन्डेसनले धेरै क्षति पुर्याएका गोदावरी नगरपालिकाका वडा नं ४, ७, ८, १० र १३ का करिब दुई सय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडाहरू, हाइजिन किट, ब्ल्यांल्केट र म्याटलगायतका सामान रहेका छन् । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा राहत सामग्री हस्तान्तरण गरिएको हो । ‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठुलो परिवारका रूपमा कनेक्टेड छौँ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो ।’ एनसेल फाउन्डेसनले परिस्थितिको मुल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुर्नस्थापनामा पनि सहयोग पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ ।

सुझावित समाचार