दैवी प्रकोप उद्धार कोषमा सानिमा बैंकको २५ लाख सहयोग

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ  सहयोग गरेको छ ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहतस्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

सुझावित समाचार