छायांकनअगावै ‘हरिबहादुरको जुत्ता’को डिजिटल राइट ओएसआर डिजिटलले किन्यो

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

दीपेन्द्र के. खनालको निर्देशन र एसएम पिक्चर्स प्रालिको प्रस्तुतिमा तयार हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’को केही समयअगाडि निर्माण घोषणा गरिएको थियो।

चलचित्र विकास बोर्डमा नाम दर्ता गर्दै सामाजिक सञ्जालबाट निर्माण घोषणा गरिएको चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपूत कलाकारको रूपमा पक्का भैसकेका छन्। यो चलचित्रमा पछिल्लो समयकी चर्चित अभिनेत्रीलाई अनुबन्ध गर्ने चर्चा छ।

केही महिनापछाडि छायांकनमा जाने तयारीमा रहेको चलचित्रको डिजिटल राइट्स बिक्री भएको छ। चलचित्रको डिजिटल राइट्स ओएसार डिजिटलले किनेको छ। चलचित्रको निर्माण टिमले रकम खुलाउन नचाहे पनि पछिल्लो समयमा चर्चित चलचित्रका सिक्वेललाई बराबर रकम यो चलचित्रलाई तिरिएको जनाएको छ। चलचित्रलाई सरोज ओलीले निर्माण गर्दै छन्।

सुझावित समाचार