सर्वेक्षण भन्छ– सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकका नातेदार हुँदैनन्

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तविहीन हुने एक रिपोर्टले जनाएको छ।

जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको संख्या ४४ लाख ८० हजार छ। सन् २०५० सम्ममा यो संख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

क्योदो न्युजका अनुसार जापानमा विवाह गर्नेको संख्या कम भएकाले वृद्ध जनसंख्या बढ्दै गएको र यस्तो अवस्थामा अस्पताल र हेरचाहगृहमा रहेका वृद्धवृद्धाको कसले ग्यारेन्टीको भूमिका निर्वाह गर्ने भन्ने चिन्ता बढेको छ।

जापानको नागरिक संहिताले आफ्नो वृद्ध परिवारका सदस्यलाई सहयोग गर्ने जिम्मेवारी तीन पुस्ताभित्रका नातेदारलाई दिएको छ।

नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चको तथ्यांकमा आधारित अनुमानअनुसार कुनै नजिकको नातेदार नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बिमाअन्तर्गत दीर्घकालीन हेरचाह वा समर्थनको आवश्यकताको रूपमा प्रमाणित भएका वृद्ध व्यक्तिहरू २०५० मा तीन करोड ४० हजारदेखि पाँच करोड ९० हजारसम्म पुग्ने अनुमान गरिएको छ।

See More On

सुझावित समाचार