प्रेस काउन्सिल नेपालले किर्ते गरी प्रेसपास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई शुक्रबार पत्राचार गरेको छ।
दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षरसमेत नक्कली बनाई अस्ट्रेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो।
गलत व्यक्तिहरूले किर्ते गरी आफ्नो लेटरप्याड, प्रेसपाससमेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले यसबारे निर्णय लिएको हो।