तोकिएभन्दा बढी भाडा असुल गर्ने ६ हायसलाई कारबाही

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

तोकिएभन्दा बढी भाडा असुल गर्ने ६ वटा हायसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंदेखि पोखरा, दमौली, लमजुङ र खैरेनी जान लागेका  हायसका चालकलाई कारबाही गरिएको हो ।

काठमाडौंदेखि पोखरासम्मको भाडादर ७५० भए पनि यात्रुसँग १५ सय रुपैयाँ लिने ग.१ख ४४९९ नम्बरको हायस र त्यसका चालक डम्बरबहादुर आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, पोखराकै सोही भाडादर लिने सहचालक आयुष तामाङ, दमौलीको लागि भाडादर ६५० तोकिए पनि ११ सय लिने सहचालक राजु विक, आठ सय भाडादर तोकिएको लमजुङमा ११ सय भाडा लिने चालक मिलन विक, खैरेनीसम्मको भाडा ११ सय लिने चालक दीपकबहादुर नेपाली र पोखराकै लागि भाडा ११ सय लिने चालक प्रकाश मगरलाई प्रहरीले कारबाही गरेको हो । 

सुझावित समाचार