हात्तीको आक्रमणबाट माउतेको मृत्यु

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका– ६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

‘खोरसोरनजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भयो,’ निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने ।  जग्दुका साथमा रहेका एकजना भने भागेर बाँच्न सफल भएका छन् । 

सुझावित समाचार