बाढी पहिरोपीडितको राहतमा राष्ट्रपतिले एक महिनाको तलब सुविधा सहयोग गर्ने

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरोबाट पीडितहरूको राहतका लागि सहयोग गर्ने भएका छन्।

पीडितहरूको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहत कोषमा राष्ट्रपतिले आफ्नो एक महिनाको तलब र सुविधाबराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

यसैगरी, राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा जम्मा गर्ने भएका छन्।

सुझावित समाचार