माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिले बाढीपीडितहरूलाई प्रतिपरिवार १० लाख रुपैयाँ आर्थिक सहयोगको प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
समितिका इन्चार्ज लक्ष्मण पन्तले बुधबार विज्ञप्ति जारी गरी राष्ट्रिय संकटको घडीमा प्रधानमन्त्री विदेशमा रहनु र उद्धार र राहतका कार्यमा लापरबाही देखिएको पनि आरोप लगाएका छन्। उनले घरबारविहीन भएकाहरूलाई तत्कालै अस्थायी आवासको व्यवस्था गर्न पनि माग गरेका छन्।
बाढीपीडितहरूको तत्काल उद्धार र राहत तथा पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन समितिले सरकारसँग माग गरेको छ। क्षतिग्रस्त सडक, पुलजस्ता भौतिक संरचनाहरूको तत्काल मर्मत गर्न र यातायात खुलाउन पनि समितिले माग गरेको छ।
यसैबिच, माओवादी केन्द्रनिकट अखिल भारत नेपाली एकता मञ्चले पनि बाढीपीडितहरूका लागि कम्तीमा १० लाखको राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ।