नेपालमा अवैध रूपमा बस्दै आएका १५ बंगलादेशी पक्राउ

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

नेपालमा अवैध रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट १५ बंगलादेशीलाई पक्राउ गरेको हो। 

उनीहरूको भिसा पनि नरेहको र शंकास्पद रूपमा बस्दै आएकाले पक्राउ गरिएको एसपी काजीकुमार आचार्यले बताए। थप कारबाहीका लागि प्रहरीले उनीहरूलाई अध्यागमन विभागमा बुझाएको छ।

सुझावित समाचार