कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको छ। शुक्रबारको बैठकमा सभामुख अम्मरबहादुर विष्टले कोशी प्रदेश सभाको पाँचौँ तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुखले प्रदेश सभामा सुनाएका हुन्।

११ जेठ ०८१ देखि सुरु भएको कोशी प्रदेश सभाको बर्खे अधिवेशनको बैठक राजनीतिक अस्थिरताले गर्दा ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएर १८  भदौदेखि पुनः सुरु भएको थियो।

सुझावित समाचार